सम्पत्ति प्रकरण : विकल र सुनिललाई थप १० दिन हिरासतमा राख्न अनुमति

केन्द्रभाग मिडिया

काठमाडौँ ।

विदेशमा सम्पत्ति लुकाएको आरोपमा पक्राउ परेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । विशेष अदालतले पौडेलद्वयलाई थप १० दिन हिरासतमा राख्न बुधवार अनुमति दिएको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार पौडेलद्वयलाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको छ । यसअघि ३ पटक ७ दिनका दरले २१ दिन हिरासतमा राख्न अनुमति दिइएकामा बुधवार थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको हो ।

  • २ फाल्गुन २०८०, बुधबार १५:१३ प्रकाशित