पाल्पा । पाल्पामा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा तिनाउ गाउँपालिकाले बिदा दिएको छ ।
शोक मनाउने निर्णय गर्दै गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरुमा बिदा दिएको हो ।
गाउँपालिकाको वडानम्बर ६ मा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । जसमा आठ जनाको घटनास्थल र दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो । ति मध्ये ५ जना पालिकाभित्रैका थिए । पाँच जनाका परिवारलाई गाउँपालिकाले जनही ३५ हजार सहयोग गर्नेसमेत घोषणा गरेको छ ।
अन्य १६ जना घाइतेको भने उपचार भैरहेको प्रहरीले जनाएको छ ।