पोखरा । नेपाल दशनामी युवा समिति कास्कीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. ८ स्थित जनप्रिय मावि कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुबीच ‘म बनाउछु मेरो देश’ शिर्षकमा वतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
उक्त वतृत्वकलामा कञ्चन बिक प्रथम, दिवस थापा द्धितिय र आयुस्मा वाग्ले तृतिय हुन सफल भए । त्यस्तै कृतज्ञा सोनी र प्रशंसा नेपाल सान्त्वना हुन सफल भए । वक्तृत्वकलामा २५ जना विद्यार्थीहरु सहभागि भएका थिए ।
विद्यार्थी जीवनदेखिनै देश प्रतिमा माया जगाउन कार्यक्रम आयोजना गरिएको नेपाल दशनामी युवा समितिकी अध्यक्ष सरस्वती पुरीले बताइन् । साथै समितिले विशेषगरि समाजमा सचेतनाका कार्यक्रम गर्दै आएको जानकारी दिइन् ।
कार्यक्रममा नेपाल दशनामी समाज कास्कीका अध्यक्ष हिरा गिरी, विद्यालयका प्रधानाध्यापक देवी प्रसाद वास्ताकोटीलगाएतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तैवक्ततृत्वकलाको निर्णायक मण्डलमा सुस्मा पौडेल र रामकुमार अधिकारी रहेका थिए ।
कार्यक्रममा समितिका उपाध्यक्ष दिपक गिरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन समितिका सचिव सन्देश गिरीले गरेका थिए ।













