आज दुई संसदीय समितिको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत आज दिउँसो १ बजे दिगो विकास तथा सुशासन समितिको बैठक बस्दै छ ।

बैठकमा अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार प्रवर्द्धन सम्बन्धमा प्रस्तुति र छलफल हुनेछ । नेपालमा निर्वाचन प्रणाली र सुशासन विषयमा छलफल समेत हुने कार्यसूची रहेको छ ।

त्यस्तै दिउँसो नै १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० को प्रतिवेदन मस्यौदामाथि छलफल हुनेछ ।

  • २ फाल्गुन २०८०, बुधबार १०:४२ प्रकाशित