आज ‘भ्यालेन्टाइन डे’

केन्द्रभाग मिडिया

पोखरा ।
आज १४ फेब्रुअरी, अर्थात भ्यालेन्टाइन डे । आज विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । पश्चिमा देशमा मनाइँदै आएको ‘भ्यालेन्टाइन डे’ पछिल्लो समयमा नेपालमा पनि मनाउन थालिएको हो । साताव्यापी मनाइने भ्यालेन्टाइन डे युवा पुस्तामा लोकप्रिय छ ।

आफन्त होस् वा मन परेको मानिस आफ्नो नजिकै भए भेटेर रातो गुलाफ र विभिन्न उपहार दिएर शुभकामना आदानप्रदान गरिन्छ भने टाढा भए इमेल र च्याट, मोबाइलमा एसएमएस गरी पनि ‘भ्यालेन्टाइन डे’ मनाउने चलन छ ।

प्रेम व्यक्त गर्नका लागि प्रयोग गरिने सामान खरिद गर्न गिफ्ट पसलहरूमा युवायुवतीहरूको भीड देखिन्छ । युवा पुस्तामा ‘भ्यालेन्टाइन डे’ को लोकप्रियता बढेसँगै यो दिवस हप्ताभरि मनाउने गरिएको छ । फेब्रुअरी ७ मा ‘रोज–डे’ बाट सुरु हुन्छ । गुलाफ दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, टेडी दिने, वाचा गर्ने, अँगालो ‘हग’ गर्ने र आखिरमा प्रणय दिवस मनाइने गरिन्छ ।

‘भ्यालेन्टाइन डे’ मनाउँदा एक अर्कालाई सप्ताहव्यापी रूपमा नै महँगो उपहार दिने चलन बनेको छ । नेपालमा ‘भ्यालेन्टाइन डे’ का लागि तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालले बताएको छ ।

 

  • २ फाल्गुन २०८०, बुधबार ०७:१९ प्रकाशित