दुर्गा प्रसाईंको शक्ति प्रदर्शन आज, सात ठाउँबाट र्‍याली निकाल्दैँ

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले मंगलबार काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । प्रसाईंले काठमाडौँको टुँडिखेलमा कार्यक्रम गर्ने तयारी गरे पनि उक्त स्थान खाली नभएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि सहभागी गराउने दाबी गरेका थिए । तर, शाह भने यति बेला चितवनमा रहेका छन् । उनी कार्यक्रममा सहभागी नहुने बताइएको छ ।

अभियानको वार्षिक उत्सव कार्यक्रमका लागि देशभरबाट आम नागरिकहरू सहभागी हुने प्रसाईंले बताएका छन् । यसका लागि काठमाडौँका विभिन्न सात स्थानबाट र्‍याली गर्दै सभा स्थलमा भेला हुने तयारी गरेका छन् ।

पहिलो रुटमा कीर्तिपुर, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने मिटरब्याजी पीडितको ब्यानरमा शम्भु थापाको नेतृत्वमा र सचिवालय सदस्य विजय कँडेलको संयोजकत्वमा कोशी अञ्चल अध्यक्ष विरेश कुमार थापा र मेची अञ्चल अध्यक्ष ध्रुव शिवाकोटी सह संयोजक रहनेछन् ।

दोस्रो रुट ककनी, गंगबु, बालाजु नयाँ बजार, रानीपोखरी हुँदै र्‍याली कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने छ । यसमा नागरिक बचतको अध्यक्ष मण्डल सदस्य राजु पनेरुको नेतृत्वमा र प्रवीण लामाको संयोजकत्वमा सचिवालय सदस्य लक्ष्मी ज्ञवाली, सचिवालय सदस्य कृष्ण बहादुर के।सी सगरमाथा अञ्चल अध्यक्ष सह९संयोजक रहनेछन् ।

त्यस्तै लुभु, लामाटार, सानागाउँ, ग्वार्को, लगनखेल, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर, हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने तेस्रो रुटमा निर्माण व्यवसायीको ब्यानरमा ऋषिबाबु परियारको नेतृत्व र शक्ति शाहीको संयोजकत्वमा भेरी र नारायणी अञ्चल अध्यक्ष सह(संयोजक रहनेछन् । स्वयम्भू, ताहचल, डल्लु, वसन्तपुर हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने चौथो रुटमा सचिवालय सदय एवं ऋणी एसोसिएसन ब्यानरमा प्रमुख देवी सङ्ग्रौलाको नेतृत्व र किशोर महर्जनको संयोजकत्वमा गण्डकी अञ्चल अध्यक्ष र लुम्बिनी अञ्चल अध्यक्ष सह९संयोजक रहनेछन् ।

  • १ फाल्गुन २०८०, मंगलवार १०:५० प्रकाशित