एमाले महासचिव पोखरेल चढेको गाडी पल्टियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको गाडी दैलेखको डुंगेश्वर गाउँपालिका–१ स्थित चुप्रामा पल्टिएको छ । महासचिव सवार म १ च ३६९ नम्बरको स्कोर्पियो शनिबार सकडमा पल्टिएको हो ।

दुर्घटनामा परेर नेकपा एमालेकी प्रदेश उप–सचिव पद्मा खड्का सामान्य घाइते भएकी छन् । खड्काको हातमा चोट लागेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एकजना अधिकृतले बताए ।

महासचिव पोखरेल सुर्खेतबाट दैलेख सदरमुकाम तर्फ जाँदै थिए । गाडी सडकमा पल्टिएको र महासचिव पोखरेल सकुशल रहेको बताइएको छ ।दुर्घटनापछि पोखरेल दैलेख सदरमुकाम पुगेर आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गरेर काठमाडौँ फर्किएका छन् ।

  • २८ माघ २०८०, आईतवार १६:२४ प्रकाशित