नेपाल सामु क्यानडाले दियो २ सय ८६ रनको चुनौती

केन्द्रभाग मिडिया

पोखरा ।
पाहुना टोली क्यानडाले तीन खेलको एक दिवसीय सिरिजको दोस्रो खेलमा घरेलु नेपाल टोलीसामु २ सय ८६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा विकेटको क्षतिमा २ सय ८५ रनको योगफल तयार पारेको हो ।  पहिलो विकेटका लागि ओपनर आरोन जोनसन र नवनित डालिवालले ९४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

पहिलो विकेटका लागि नेपालविरुद्ध क्यानडाले गरेको दोस्रो ठुलो साझेदारी हो । यसअघि एसिया कपमा भारतका रोहित शर्मा र शुभमन गीलले १ सय ४७ रनको अविजित साझेदारी गरेका थिए ।

आकाश चन्दले १८।२ ओभरमा ओपनर नवनित डालिवाललाई विकेट किपर आशिफ शेखको हातबाट आउट गराउँदै ठुलो साझेदारी तोडेका थिए ।

नवनितले ६० बलमा ८ चौका हान्दै ४६ रन बनाएर पेभेलियन फर्के । आकाशले डेब्यु विकेट लिए । अर्का ओपनर आरोन जोनसन ६५ रन बनाउँदा रन आउट भए। आरोनले ६२ बलमा १० चौका र २ छक्का हाने ।

कप्तान रोहित पौडेलले ३२ औँ ओभरमा दुई विकेट झारे । रोहितले ३२ औँ ओभरको पाचौँ बलमा निकोलस किर्तनलाई २० रनमा आउट गराए ।

रोहितले सोही ओभरको दोस्रो बलमा पारगत सिंहलाई ३८ रनमा क्याच आउट गराएका थिए। ३८ बलमा ६ चौका हाने पारगत रोहितको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए ।

कुशलले ४१ औँ ओभरको चौथो बलमा कप्तान सद विन जफरलाई १ रन बनाउँदा पवन सर्राफको हातबाट क्याच आउट गराए। ३९ औँ ओभरको चौथो बलमा दिलप्रित बाज्वालाई १९ रनमा बोल्ड आउट गराए ।

त्यसअघि ३४.५ ओभरमा सुर्य तामाङले हर्ष ठाकरलाई ३ रनमा विकेट किपर आशिफ शेखको हातबाट आउट गराउँदै ओडीआईको पहिलो विकेट लिएका थिए। सुर्यले क्यानडाविरुद्धको पहिलो खेलमा डेब्यु गरेका थिए ।

पवन सर्राफले साहिद ममजाइलाई १३ रनमा बोल्ड आउट गराए । नवौँ किवेटका लाग श्रेयास मोभा र उदय भगवान ४६ रनको साझेदारी गरे। श्रेयास ४० रन बनाउँदा सोमपाल कामीको बलमा क्याच आउट भए। उदय २० रनमा नटआउट रहे ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान २ विकेट लिए । सोमपाल कामी, सुर्य तामाङ, आकाश चन्द र पवन सर्राफको नाममा एक एक विकेट रह्यो।

  • २७ माघ २०८०, शनिबार १४:०० प्रकाशित