कस्मेटिक व्यवसायी संघ कास्कीको दशौं वार्षिक साधारणसभा सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

कस्मेटिक व्यवसायी संघ कास्कीको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै उनले व्यवसायीको अवस्था धरासायी भएकाले  कर नबढाउन आग्रह गरेको स्मरण गरे । घरबहाल कर व्यवसायीले नभई धरधनीले तिर्ने प्रबन्धका लागि निरन्तर दबाव दिइएको उनले जानकारी दिए ।

करका विषयमा धेरै बुझेर काम गर्नुपर्ने भन्दै उनले बस्तुगत संघहरूलाई उद्योग वाणिज्य संघका अभियानमा हातेमालो गर्न आग्रह गरे । महानगरले पार्किङ व्यवस्थापनका सवालमा फेरि कुरा गरेकाले हामी कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न जरुरी रहृको बताए ।

पोखरा उद्योग वाणिाज्य संघका कार्यसमित सदस्य एवं अधिकृत विक्रेता संघ कास्कीका अध्यक्ष मनोज कुमार श्रेष्ठले घरभाडाको समस्य पेचिलो समस्याको रूपमा रहेको बतए । उनले बैंकले कर्जा प्रवाह गर्ने प्रक्रियामा सहजिकरण गर्नुपर्ने धारणा राखे ।

पोखरा उद्योग वाणिाज्य संघका कार्यसमित सदस्य एवं निवर्तमान अध्यक्ष प्रेम प्रसाद सुवेदीले कस्मेटिक व्यवसाय सौन्दर्यसंग जोडिएकाले गुणस्तरीय सामान विक्री गर्न आग्रह गरे । व्यवसाय गर्दा दर्ता गरेरमात्र गर्ने वातावरण बनाउनु पर्नेमा उनले जोड दिए ।

थोक व्यवसायी संघ कास्कीका निवर्तमान अध्यक्ष लेखनाथ सुवेदीले  कस्मेटिक व्यवसायी समितिले व्यवसायीको हितका साथै सामजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिएको बताए । उनले  पोखरा उद्योग वाणिज्य संघले सबै व्यवसायी संस्थासंग मिलेर काम गरिरहेको उल्लेख गरे ।

पोखरा हार्डवयर एसोसिएसन व्यवसायी संघका अध्यक्ष पृथ्वीराज तिमिल्सिनाले अहिले व्यवसाय टिकाउन सके राम्रा दिन आउने अपेक्षा प्रकट गरे । अहिले घरभाडा घटाउन उद्योग वाणिाज्य संघले पहल गर्न आग्रह गरे ।

फेन्सी तथा रेडमेट व्यवसायी संघ कास्कीका अध्यक्ष   एकनारायण पनेरूले सरकारले कस्मेटिक र फेन्सी व्यवसायीलाई व्यवसायीको दर्जा नदिएको गुनासो गरे ।

पन्थी सर्वेश्वर व्यवसायी  समिति अध्यक्ष  तुलबहादुर थापा बैंक वित्तीय संस्थाहरू नयाँ सामन्तको रूपमा प्रस्तुत भएको बताए । उनले हाल व्यवसाय कसरी टिकाउने भन्ने चिन्ता रहेको उल्लेख गरे ।

कार्यक्रममा संघमा महत्त्वपूर्ण योगदान दिएका व्यवसायी र व्यवसायीका उत्कृष्ट अंक ल्याइ उत्रिण हुने छात्र छात्राालाई सम्मान गरिएको थियो ।

अध्यक्ष दुर्गा बरालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा संस्थापक अध्यक्ष बिष्णु बास्तोला, प्रथम उपाध्यक्ष लक्ष्मण आचार्य र महासचिव महेन्द्र पौडेल लगाएतले बोलेका थिए । कस्मेटिक व्यवसायी समिति कास्कीमा १६३ व्यवसायी अबद्घ छन् ।

  • २७ माघ २०८०, शनिबार १२:४० प्रकाशित