पाेखरा ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन माैसमी गठबन्धन भएकाे टिप्पणी गरेका छन् । उनले शनिवार पाेखरामा समाजवादी प्रेस संगठन कास्कीले आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै यस्ताे टिप्पणी गरेका हुन् ।
उनले माैसम बदलिएसंगै गठबन्धन पनि बदलिने उल्लेख गरे । “याे गठबन्धन माैसमी गठबन्धन हाे । यसले केही निकास दिन सक्दैन । याे माैसम परिवर्तन भएसंगै गठबन्धन पनि सकिन्छ,” उनले भने, “यस बिषयमा यहाँ भन्दा धेरै बाेल्नु छैन ।”
उनले प्रचण्ड नेतृत्वकाे सरकारले केही गर्न नसकेकाे टिप्पणी गर्दै अब काेर्ष बदल्नुपर्ने धारणा राखे । “मेराे प्रचण्डलाई सुझाव छ । तपाई काेर्ष करेक्सन गरृर काम गर्नुहाेस” उनले भने ।
संघीय लाेकतान्त्रिक गणतन्त्र स्थापना भएकाे १८ वर्ष भएकाे भन्दै उनले त्यसयता दुुइ बापन्थी दल मिल्दा झण्डै दुइतिहाई मत प्राप्त हुँदा नेतृत्वले अफूलाई नचिन्दा समस्या आएकाृ बताए । उनले संसद विघटन नेपाली राजनीतिकाे महाभुकम्प गएकाे रूपमा चित्रण गरे । त्यही राजनीतिकाे परकम्प गइरहेकाे उनले बिष्लेशण सुानाए ।
संविधान संसाेधनकाे तागत राख्ने दुइतिहाईकाे सरकार ढलेपछि बनेका सरकारले पनि अपेक्षित काम गर्न नसकेकाे उनकाे भनाई छ ।
सरकारले संविधान अनुरूप काम गर्न नसक्दा पुनर्थानवादी शक्ति सलबलाउन थालेकाे उनले उल्लेख गरे । उनले अहिलेकाे नेपाली पुँवीवाद दलाल पुँजीवाद रहेकाे भन्दै उनले यसले सबैतर्फका विभेद बढाएकाे उनकाे तर्क छ ।
देश प्राकृति, जैविक विविधता र अन्य धेरै हिसावले सम्पन्न रहेपनि त्यसकाे उपाेग नहुँदा समस्या आएकाे उनकाे भनाई छ । अहिले देशमा मान्छे बेच्ने उद्योग माैलाएकाे टिप्पणी गरे ।
एकीकृत समाजवादीकाे अबकाे महाधिवेशनले देशकाे वर्तमान अवस्था बदल्ने नीति लिने र देशले निकाश पाउने दावी गरे ।