माओवादी केन्द्रको स्थायी समिति बैठक आज : के क छन् छलफलका एजेण्डा ?

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज र भोलि बस्ने भएको छ ।

पार्टीका सचिव गणेश साहका अनुसार आज दिउँसो ३ बजेका लागि स्थायी समिति बैठक बोलाइएको छ । फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक स्थायी समिति बैठक बस्न लागेको हो ।

उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने छ । अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विधानलाई चुस्त दुरुस्त बनाउने लगायत प्राविधिक विषयमा छलफल भएको साहले जानकारी दिए । मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा नै प्रस्तुत गर्ने उनले बताए ।

  • २६ माघ २०८०, शुक्रबार ०८:३४ प्रकाशित