त्रिवि क्रिकेट मैदानमा सन्दीप लामिछानेको पक्षमा नाराबाजी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा असहज अवस्था सिर्जना भएको छ ।

क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा केही समर्थकले क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नाराबाजी गर्न थालेपछि असहज अवस्था सिर्जना भएको हो । जसका कारण प्रहरीले हस्तक्षेप नै गर्नुपरेको बताइएको छ ।

नेपाल र क्यानडाबीचको खेल हेर्न पुगेका केही दर्शकले सन्दीपलाई सजाय दिइएको विषयमा असन्तुष्टि जनाउँदै उनको पक्षमा नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले हस्तक्षेप गर्दै नाराबाजी गर्नेहरूलाई नियन्त्रणमा लिएर सम्झाई बुझाइ गरेको बताइएको छ ।

नेपाल क्रिकेट संघ क्यानले लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएसँगै निलम्बनको निर्णय गरिसकेको छ । त्यसयता लामिछाने खेल गतिविधिबाट बाहिर छन् । उसो त लामिछानेले नै पनि निलम्बन अघि नै क्यानलाई पत्र पठाएर क्रिकेटबाट अलग रहने घोषणा गरेका थिए ।

  • २५ माघ २०८०, बिहीबार १६:३६ प्रकाशित