भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक बस्छ : रवि लामिछाने

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक हुने गरेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भ्रष्टाचारको फाइल खुल्नेबित्तिकै हुने सर्वदलीय बैठक मुलुकको आवश्यकताका विषयमा हुनुपर्ने बताए ।

सभापति लामिछानेले राष्ट्रिय महत्वका ५ विषयमासर्वदलीय बैठक गर्न प्रस्ताव गर्दै ती बैठक नेताहरुको निवास बुढानीलकण्ठ, खुमलटार, बालकोट र बालुवाटारजस्ता ठाउँमा नभई दलित र मुसहर बस्तीमा गर्नुपर्ने बताए ।

  • २४ माघ २०८०, बुधबार १४:४९ प्रकाशित