गोरखामा ढुंगा हानेर छिमेकीको हत्या गर्ने पुरुष पक्राउ

केन्द्रभाग मिडिया

गोरखा ।

गोरखामा ढुंगा हानेर छिमेकीको हत्या गर्ने एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका ६ मुसेखोलाका ३५ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

उनले गत आइतबार बेलुकी करिब साढे ६ बजे सोही स्थानकै ४७ वर्षीय इन्द्र बहादुर बिकलाई ढुंगा प्रहार गरी हत्या गरी फरार थिए ।
त्यसपछि खोजी गर्ने क्रममा सोही राती गोरखा प्रहरीले नेपालीलाई पक्राउ गरेको थियो ।

अहिले नेपालीमाथि ज्यान मार्ने उद्योग कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको गोरखा प्रहरीले जनाएको छ ।

  • २३ माघ २०८०, मंगलवार १३:२२ प्रकाशित