भ्यालेन्टाइनडेमा बुद्धको अफर : एउटा टिकट किन्दा अर्को फ्री

केन्द्रभाग मिडिया

भ्यालेन्टाइन डेको अवसरमा बुद्ध एयरले विशेष अफर ल्याएको छ ।आगामी फागुन २ अर्थात् फेब्रुअरी १४ का लागि बुद्ध एयरले विशेष अफर ल्याएको हो ।

बुद्धले यस दिन माउन्टेन फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को निःशुल्क दिने बताएको छ।उक्त गन्तव्यको टिकटको मूल्य १३ हजार ९९९ रहेको छ। यस अन्तगर्त एक जना यात्रुले विन्डो अर्कोले सेयर गर्नुपर्नेछ। टिकट बुद्ध एयरको जुनसुकै सेल्स काउन्टरबाट लिन सकिन्छ।

टिकटसँगै बुद्धले प्रणय दिवसका दिन यात्रा गर्ने यात्रुलाई थप उपहार पनि दिने जनाएको छ। बुद्धले यसअघि पनि विभिन्न चाडवर्वहरूमा यात्रुलाई उपहार दिने गरेको छ।

  • २३ माघ २०८०, मंगलवार १०:३३ प्रकाशित