बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जनाको आज म्याद थपिदैँ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ गरिएका व्यवसायी अरुण चौधरी सहित ३ जनाको आज म्याद थप गरिँदै छ ।

जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर थुनामा छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई माघ १८ मा पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौँले दिएको ४ दिनको म्याद सकिएपछि सोमबार उनलाई पुनस् म्याद थप गर्न अदालतमा उपस्थित गराउन लागिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

  • २२ माघ २०८०, सोमबार १०:५५ प्रकाशित