माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ ।बिहान साढे ८ बजेदेखि सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ ।

बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिने बताइएको छ ।

  • २२ माघ २०८०, सोमबार ०९:४८ प्रकाशित