पोखरा अमरसिंहबाट ६४ हजार बढी नगदसहित ७ जुवाडे पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १२ आमरसिंहबाट ७ जुवाडे पक्राउ परेका छन् ।

अस्ति शनिबार साँझ ७ बजे अमरसिंह स्थित प्रगतिनगर टोलमा डेरा गरी बस्ने नर बहादुर गुरुङको कोठामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनीहरुको साथबाट ६४ हजार ८ सय ९५ रुपैयाँ नगद र २१२ पत्ती तास बरामद भएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं १२ प्रगतिनगर टोल बस्ने वर्ष ६५ का नर बहादुर गुरुङ, वडा नंम्बर १२ फुलवारी बस्ने वर्ष ३७ का बलराम थापा,वडा नम्बर १२ गुठीटोल बस्ने वर्ष ४४ का भिम बहादुर मगर, वडा नम्बर १२ लालिगुरास टोल बस्ने वर्ष ५३ की कृष्ण कुमारी गुरुङ, वडा नम्बर १२ हस्पिटल चोक बस्ने ५२ का सोम बुहादुर तामाङ, वडा नम्बर १२ लालिगुरास टोल बस्ने वर्ष ४९ का जस बहादुर गुरुङ र वडा नम्बर १२ गोरखालाईन बस्ने वर्ष ५० की मिना गुरुङ रहेका छन् ।

उनीहरुमाथि जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले बताएको छ ।

  • २२ माघ २०८०, सोमबार ०९:२७ प्रकाशित