पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी अध्यक्षमा पोखरेल

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा कृष्ण प्रसाद पोख्रेल निर्वाचित भएका छन् । महासंघको शनिबार पोखरामा सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले पोख्रेलको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा रामचन्द्र नेपाल, द्वितीय उपाध्यक्षमा तारा राज घले सचिवमा प्रदिप खनाल कोषाध्यक्षमा ठाकुर प्रसाद शर्मा सह–सचिवमा सुरेन्द्र बास्तोला चयन भए ।

समितिको सदस्यमा शान्ति पाण्डे, चुडामणि लुइँटेल, ध्रुवराज सोती, कमलमोहन घिमिरे, भगवत अर्याल, सरस्वती आचार्य, टेकबहादुर कार्की, टंकप्रसाद ढकाल, प्रकाश थापा, रञ्जनलाल श्रेष्ठ, योगराज गिरी, सरस्वती भण्डारी, सुस्मा श्रेष्ठ, दरवीन्द्रदेव खनाल र दुर्गादत्त आचार्य चयन भएका छन् ।

लेखा समितिमा संयोजकमा सन्दिप खनाल, सदस्यमा रमेश प्रसाद भुर्तेल र ज्ञानहरि सापकोटा निर्वाचित भएका छन् ।

 

  • २० माघ २०८०, शनिबार २०:४९ प्रकाशित