पोखरा ।
पोखरामा सम्पन्न २३ औं संस्करणको आहा रारा गोल्डकपको उपाधी त्रिभुवन आर्मी क्लवले जितेको छ ।
आज भएको फाइनल खेलमा थ्रीस्टार क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधी जितेको हो ।
२०६५ सालयता पाँच पटक फाइनलमा पुगेको आर्मीले पहिलो पटक उपाधी जितेको हो ।
आर्मीका लागि कप्तान जिलेस्पी जंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले गोल गरे । उपाधीसँगै आर्मीले १२ लाख एक हजार र दोस्रो भएको थ्री स्टारले ६ लाख एक हजार रुपैयाँ प्राप्त गरेका छन् ।