संसद् चल्दा काठमाडौँ नछाड्न सांसदहरुलाई कांग्रेसको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसले संसद् बैठक चलेका बेला काठमाडौँ उपत्यका नछाड्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो निर्देशन दिएको नेता रमेश लेखकले जानकारी दिए । साथै कांग्रेसले संसद् र संसदीय समितिको बैठकमा अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ ।

‘संसदको अधिवेशन चल्दासम्म नेपाली कांग्रेसका माननीय सदस्यहरुले राजधानी नछाड्ने’, नेता लेखकले बैठकको निर्णय सुनाउँदै भने, ‘यदि अत्यावश्यक कामले राजधानी छाड्नुपर्‍यो भने दलको प्रमुख सचेतक र सचेतकबाट लिखित स्वीकृति लिएरमात्रै छाड्न निर्देश गरेको छ ।’

  • १९ माघ २०८०, शुक्रबार १६:४८ प्रकाशित