हतियार देखाएर दिउँसै सुन पसलमा लुटपात

केन्द्रभाग मिडिया

इटहरीमा दिउँसै सुन पसलमा लुटपात भएको छ ।

हतियारसहित गएका एक व्यक्तिले शुक्रबार दिउँसो इटहरीको वडा नं। ९ मा दिपेन्द्र चोकमा सञ्चालित महालक्ष्मी गहना पसलबाट सुन लुटेर लगेका छन्। माक्स लगाएर गएका एक पुरुषले मध्यान्ह १२ बजेतिर गहना पसलबाट झन्डै तीन तोला सुन लुटेर लगेका हुन्।

सुन पसल सञ्चालिका तिला थापामगरका अनुसार माक्स लगाएर आएका एक पुरुषले शुरुमा सिक्री खरीद गर्न माग गरे। त्यसपछि शुरुवातमा जुन सिक्री थापा मगरले दिइन, त्यो गलामा लगाए। त्यो सिक्री लगाएपछि अरु लामो हेरौ न भनेर अर्को मागे। ‘त्यत्रै मात्रै छ भनेर मैले हातमा अर्को बोकेपछि जर्वरजस्ती हात तानेर खोेसे, अनि म पछाडि सरेर ठीक मान्छे होइन भन्ने ठानेर फोन गर्न खोजे, उसले फोन नगर्नुहोस् भन्यो, अनि ज्याकेटको चेन उघारेर कालो पेस्तोल देखायो, त्यसपछि चोर भनेर ठूलो आवाजमा कराउन थालेपछि भाग्यो,’ तिलाले भनिन्।

ती पुरुषले पसलमा आउँदा एसिड पनि झोलामा बोकेर गएको खुलेको छ। रातो झोलामा उनले एसिड बोकेर गएको खुलेको हो।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बाइक पत्ता लगाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। प्रहरीले बाइककै आधारमा सुन लुटेर लानेको खोजी गरिरहेको छ ।

  • १९ माघ २०८०, शुक्रबार १६:११ प्रकाशित