पाेखरा ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायकाजी श्रेष्ठले आर्थिक समृद्धि मार्फत जनताकाे जीवनस्तर नसुधारे परिवर्तनको महसुस् गराउन नसकिने बताएका छन् ।
पाेखरामा शुक्रबार सुरू गण्डकी प्रदेशस्तरीय सुरक्षा गाेष्ठीलाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले छिट्टै शान्ति प्रक्रिया टुंग्याउने तयारीमा सरकार रहेकाे जानकारी दिए । सुशासन, सामाजिक न्याय र समृद्धिकाे अभिभारा पूरा गर्न सरकार लागिपरेकाे उनले बताए ।
संघीयता कार्यनयनकै चरणमा रहेकाे चर्चा गर्दै उनले कार्यान्वयनमा ढिलाइ हुँदा केही प्रश्न उठाइएकाेस्विकार गरे । उनले संघीयता लागू भएसंगै चुनाैती र अबसर दुबै रहेकाे उनले बताए ।
उनले संविधानले प्रत्यायाेजित गरेका अधिकारलाई व्यवहारमा स्थापित गर्दै जनताकाे अवस्थामा सुधार ल्याएर जनतालाई समृद्ध बनाउने कार्यभार आफूहरूमा रहेकाे धारणा राखे ।
गृहमन्त्री श्रेष्ठले पुर्खाले आर्जेकाे स्वाभिमान र सार्वभाैमिकतालाइ मजबुत पार्दै राष्ट्रिय एकतालाई सुदृढ गर्नुपर्नेमा उनले जाेड दिए ।
गाेष्ठीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट प्मुख जिल्ला अधिकारी, सबै सुरक्षा निकायका प्रमुखहरूकाे सहभागीता रहेकाे छ ।