भारतले नेपाललाई दिने अनुदान बढायो, ११ अर्ब २० करोड दिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतले नेपाललाई दिने अनुदान बढाएको छ ।

नेपालका लागि वित्त वर्ष २०२३/२४ मा ५ अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड) विनियोजन गरेको भारतले आगामी वित्त वर्ष २०२४/२५ का लागि ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) विनियोजन गरेको छ । वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार भारतको बजेट सार्वजनिक गरेकी छिन् ।

भारतले नेपालका लागि गत वर्ष विनियोजन गरेको अनुदान रकम संशोधन गरी ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) पुर्‍याएको छ । यस वर्ष संशोधित बजेटभन्दा पनि बढेर अनुदान विनियोजन गरेको छ । वित्त वर्ष २०२२-२३ मा भारतबाट नेपालले ४ अर्ब ३४ करोड भारु अनुदान प्राप्त गरेको थियो ।

  • १८ माघ २०८०, बिहीबार १६:२३ प्रकाशित