अवैध काठसहित पोखराको लामाचौरबाट जीप नियन्त्रण

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा अवैध काठसहित एउटा जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो बुधबार पोखरा महानगरपालिका वडा नम्बर १९ भुनपुरे स्थित पुरनचौरबाट लामाचौरतर्फ आईरहेको ग २ च ५३५७ नम्बरको बोलेरो जीपलाई वडा प्रहरी कार्यालय बगरले नियन्त्रणमा लिएको हो ।

उक्त जीपमा चेकजाँच गर्नेक्रममा अवैध रुपमा चिरुवा काठ (फल्याक) २७२ थान लोड गरी ल्याएको र उक्त काठको प्रयोजन खुल्ने कुनै कागजात नभएको हुँदा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। जीपलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागी डिभिजन वन कार्यालय बगरको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

  • १८ माघ २०८०, बिहीबार ११:०३ प्रकाशित