पोखरा ।
पेट्रोलियम पदार्थको मूल्यमा बढेको छ । नेपाल आयल निगमले १८ माघको विहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको हो ।
निगमका अनुसार पेट्रेलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल मट्टितेलमा २/२ रुपैयाँ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १५ रुपैयाँ मूल्य बृद्धि भएको छ ।
अब पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १५८ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य १९ सय १० कायम भएको छ ।