पोखरा ।
पोखरामा लिफ्टबाट खस्दा एक पुरुषको ज्यान गएको छ । पोखरा महानगरपालिका ८ रत्नचोक बस्ने ३७ वर्षीय इन्जिनियर प्रविण भट्टराईको लिफ्टबाट खस्दाँ ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
आज दिउँसो १ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर ६ खहरेचोक स्थित चिनिमाया भण्डारीको बन्दै गरेको घरको लिफ्टबाट खस्दा प्रविण घाईते भएका थिए ।
उनको उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएकोमा २ बजेर २७ मिनेटको समयमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । घरधनी चिनिमायाको घरको तातो पानीको सर्वे गर्न गएका प्रविण ५ औँ तलाको लिफ्टबाट अचानक खसेको बताइएको छ । उनी न्युरोडमा रहेको मुक्ति इनर्जी प्रालिका इन्जिनियर रहेका थिए ।