केपी ओली संसदमा गरेका सम्बोधन अब पुस्तकमा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको छ ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनलाई संकलन गरेर प्रकाशित गरिएको सो पुस्तक लोकार्पण गरेकी हुन् ।

पुस्तकमा २०४८ देखि २०७४ सालसम्म ओलीले सम्बोधन गरेका विषयलाई समावेश गरिएको लेखक सानीमैँया खड्काले जानकारी दिइन् । २०४८ सालदेखि २०७४ सालसम्म ओलीले संसद्को २३ वटा अधिवेशनमा भाग लिएको पनि पुस्तकमा उल्लेख गरिएको छ ।

  • १६ माघ २०८०, मंगलवार १५:४१ प्रकाशित