युरोको भाउ घट्दा आज डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार युरोको भाउ घटेको छ ।

आज युरो एकको खरिददर १४३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४४ रुपैयाँ २४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ०२ र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा थियो ।आज डलर एकको खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३२ पैसा रहेको छ ।

आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३३ पैसा रहेको छ । १० जापानी येनको खरिददर ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ ०२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ ।

  • १६ माघ २०८०, मंगलवार १०:०२ प्रकाशित