पोखरा ।
पोखरामा अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरपालिका वडा नं.०१ जौवारी स्थितबाट अवैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा लोड गरी पोखरा तर्फ ल्याउँदै गरेको अवस्थामा ग २ ख ३०९ नम्बरको टिप्पर र लु २ ख ८१६ नम्बरको टिप्परलाई वडा प्रहरी कार्यालय बगर कास्कीले नियन्त्रणमा लिएको हो ।
अस्ति(आइतबार, माघ १४ गते) साँझ ४ बजेको समयमा ती दुई टिप्परलाई नियन्त्रणमा लिइएको जनाइएको छ।चेकजाँच गर्दा प्रयोजन खुल्ने कागजात साथमा नभएकोले उक्त सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एंव कारवाहीको लागी पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको प्रहरीले जनाएको छ ।












