पोखरा ।
कास्कीको रुपामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान भएको छ ।
ज्यान गुमाउनेमा कास्कीको रुपा गाउँपालिका वडा नं. ७ माँझगाउँकी ३० वर्षीया कृष्णमाया न्यौपाने रहेको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।
शनिबार राति १०ः३० बजे लेखनाथबाट रुपा गाउँपालिका जाँदै गरेको ग१४प १५८५ नम्बरको मोटरसाइकल रुपा गाउँपालिका वडा नं। ६ घिमिरेथरमा दुर्घटना हुदाँ न्यौपाने गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकोमा उपचारकै क्रममा ज्यान गएको हो ।सो दुर्घटनामा न्यौपानेका श्रीमान तथा मोटरसाइकल चालक वर्ष ३५ का बरुण न्यौपाने सामान्य घाइते भएका छन् ।
उनी उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












