पोखरा ।
पृथ्वी होटल व्यवसायी समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ । व्यवसायीका हितका साथै विभिन्न सामाजिक कार्यसमेत गर्दै आएको समितिले आफ्नो १५ औं स्थापना दिवशको अवसर पारेर सोमबार विहान पृथ्वीचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्धनाथ बरालले पहिलो रक्तदाता होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य सुनिता पन्त पौडेललाई व्लड ब्याग हस्तान्तर गरेर गरे । उनले पृथ्वी होटल व्यवसायी समितिले आफ्नो व्यवसायिक हितका अलावा रक्तदानसहित विभिन्न रचनात्मक कार्य गरेको भन्दै प्रशंसा गरे ।

विशेष अतिथि फोन पे गण्डकी प्रदेश इन्चार्ज रामकृष्ण सिग्देल, नविल बैंक सभागृहचोकका म्यानेजर प्रदिप पहारीसहितको विशेष उपस्थिति र समितिका अध्यक्ष अमृत घिमिरेको अध्यक्षतामा भएको कोर्यक्रममा वरिष्ठ उपाध्यक्ष मोति श्रेष्ठले स्वागत गरेका थिए भने कार्यक्रम संयोजक सोभाकान्त चापागाईंले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । क्षत्रीय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।












