जबरजस्ती गरेको आरोपमा शुक्लागण्डकीमा एक युवक पक्राउ

केन्द्रभाग मिडिया

symbolic picture

तनहुँ प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विक रहेका छन् ।

प्रकाशविरुद्ध ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भिमाद र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

सो विषयमा थप अनुसन्धान गरिरहेको तनहुँ प्रहरीले जनाएको छ ।

  • १५ माघ २०८०, सोमबार १४:०१ प्रकाशित