तनहुँमा मिनी ट्रकसँग मोटरसाइकल ठोक्किदाँ एकको ज्यान गयो

केन्द्रभाग मिडिया

File photo

तनहुँ ।

तनहुँमा मिनी ट्रकसँग मोटरसाइकल ठोक्किदाँ मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान जानेमा आबुखैरेनी गाउँपालिका वडा नं.३ बस्ने २६ वर्षीय सफल राना मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार आइतबार राति पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ क ५०१२ नं.को मिनी ट्रक र सोही दिशा तर्फ आउँदै गरेको प्र.३-०२-००९ प ८५३० नं.को मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका मगरलाई उपचारको लागी आबुखैरेनी अस्पताल आँबुखैरेनी तनहुँ पठाएकोमा थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मिनी ट्रक र त्यसका चालक ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको नियन्त्रणमा रहेको खाँणले जानकारी दिए ।

  • १५ माघ २०८०, सोमबार ०८:४१ प्रकाशित