पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।
आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ०९ पैसा बिक्रीदर १६९ रुपैयाँ ८५ पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ २९ र बिक्रीदर १४४ रुपैयाँ ९४ पैसा छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ०३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५० पैसा र बिक्रीदर १८ रुपैयाँ ५९ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०७ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ ।