प्रधानमन्त्रीको प्रचण्ड आक्रोस, ‘१७ हजार प्लस दुई हत्यारा भन्दा हामी किन बोल्दैनौं ?’

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री प्रचण्डले माओवादीलाई १७ हजारको हत्यारा भन्ने बेइमानीपूर्ण र झुट भाष्य बनाइएको भन्दै आक्रोस पोखेका छन् । शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई शनिवार सम्बोधन गर्दै उनले यस्तो आक्रोस पोखेका हुन् । उनले यसरी हत्यारा भन्ने र बेइमानीपूर्ण झट भाष्य बनाउनेलाई सशक्त प्रतिवाद गर्न नसकेकोमा पार्टी पङ्क्तिको पनि आलोचना गरे ।

उनले जनयुद्ध दिवसमा बिदा दिने निर्णय अदालतबाट खारेज भएको कुरा एकै पटक मिडियाबाट थाहा पाउनुपरेको भन्दै सतकर्ततापूर्वक अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।

‘माओवादीलाई १७ हजारको हत्यारा भन्नेहरूलाई नै तिमीहरू हत्यारा हौ’ भनेर प्रतिवाद गर्न उनले निर्देशन दिए । पार्टीमा जनयुद्धका बेलाको अवस्थालाई स्मरण गर्दै उनले भने, आज हामीलाई कस्ता कस्ता मान्छेले हेप्दैछन् ? १७ हजार भन्ने भाष्य, यति झुट बेइमानीपूर्ण, आपराधिक प्रचार खुलेआम हाम्रो अगाडि गरिएको छ । तर हामी प्रतिवाद गर्ने आँट गर्दैनौं  १७ हजार प्लस २ भनेर एउटा मान्छे ब्यानर बोकेर उभिएको छ । तर हामीले प्रतिवाद नगर्ने ? कोही नलेख्ने? कोही नबोल्ने ? कस्ता भयौँ त हामी ? हिजो भए हामी सहन्थ्यौँ त ? के गर्थ्यौँ हिजो भए ? कस्तो प्रतिवाद गर्थ्यौँ ?’

प्रधानमन्त्री प्रचण्डले पार्टी केन्द्रीय समिति बैठकमा पनि अब यसबारे प्रस्ताव लैजाने बताए । उनले चाँडै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सदनबाट पारित गरिने बताए ।

  • १३ माघ २०८०, शनिबार १६:२२ प्रकाशित