नेकपा एकीकृत समाजवादी गण्डकीको अध्यक्षमा श्रीनाथ बराल

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) गण्डकीको अध्यक्षको जिम्मेवारी कास्कीका श्रीनाथ बरालले पाएका छन् । एकीकृत समाजवादीको शुक्रबार बसेको सचिवालयको बैठकले पोलिट्व्युरो सदस्य एवं कार्यवहाक अध्यक्ष रहेका बराललाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

अध्यक्ष रामजी शर्मालाई प्रदेश सहइन्चार्जको जिम्मेवारी दिइएको एकीकृत समाजवादी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सोम पाण्डेलाई रुपन्देहीको इन्चार्ज तोकिएको छ । लुम्बिनी प्रदेश कमिटीका सचिव राजु गुरुङको राजीनामा स्वीकृत गरी अशोक कोइरालालाई चयन गर्ने निर्णय भएको छ ।

माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद् बैठकले खाली रहेको केन्द्रीय परिषद् सदस्यको ठाउँमा संस्थागत निर्णय र सिफारिसका आधारमा नेताहरुलाई मनोनयन गर्ने खतिवडाले बताए ।

  • १२ माघ २०८०, शुक्रबार २१:१६ प्रकाशित