पत्रकार महासंघ कास्कीद्धारा ७ पत्रकार पुरस्कृत

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल पत्रकार महासंघ कास्कीले आज पोखरामा रहेर क्रियाशिल पत्रकारितामा निरन्तरता दिइरहेका ७  पत्रकारलाई पुरस्कृत गरेको छ ।

पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट पुरस्कृत भएका हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारहरुलाई सम्मान स्वरुपको पुरस्कार हस्तान्तरण गरेका थिए ।

पत्रकार महासंघ कास्कीको सभाहलमा आयोजित विशेष समारोहको बिच पत्रकारहरुलाई सम्मान गरिएको हो ।

महासंघ कास्कीले प्रदान गर्ने गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारित पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने, २०८० बाट ओम हमाल सम्मानित भएका हुन् । पत्रकारद्धयलाई पुरस्कार स्वरुप २५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट २०७९ सन्देश श्रेष्ठ र २०८० प्रकाश ढकाल सम्मानित भए । यस पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ छ । यस्तै २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देश युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी पुरस्कृत भएकी छिन् ।


आजै पत्रकार टंक अधिकारी र दिनानाथ बराललाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।

  • १२ माघ २०८०, शुक्रबार १३:५६ प्रकाशित