पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।
आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ८७ पैसा बिक्रीदर १६९ रुपैयाँ ६३ पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ ४९ र बिक्रीदर १४५ रुपैयाँ १४ पैसा छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ०३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५९ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रीदर २८ रुपैयाँ १७ पैसा रहेको छ ।