अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने चार सवारी साधन नियन्त्रण

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।
अबैध रुपमा नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) चोरी निकासी गरेको आरोपमा विभिन्न चार ढुवानीका साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय शिशुवा डाँडाको नाकबाट खटिई गएको प्रहरी टोलीले रुपा ७ पिप्लेबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन र ओसार पसार गरेको आरोपमा बुधबार साँझ ७ः१० बजेको समयमा ती सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

ग १ त २७५५, ग १ त ७२६९, ग १ त ६१०३ नम्बरका ट्रयाक्टरहरु र ग १ ख ६०४९ नम्बरको टिप्परलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक अनुसन्धान एंव कारवाहीको लागी रुपा गाँउपालिकाको कार्यालयमा पठाइएको छ ।

  • ११ माघ २०८०, बिहीबार १५:५० प्रकाशित