माओवादी विधान अधिवेशनमा २२ लाख खर्च हुने अनुमान

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा करिब २२ लाख खर्च हुने अनुमान गरेको छ ।

माओवादीले फागुनको (१–३) सम्म प्रज्ञा भवन कमलादीमा प्रथम विधान अधिवेशनका लागि तीन दिनको हल बुकिङ भइसेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार धरौटी एक लाखसहित ५ लाख ४० हजार भाडा रहेको छ । अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुनेछन् । उनीहरूलाई खाजापानी पार्टीले नै व्यवस्था गर्ने भएकाले करिब ६ लाख ५० हजार खर्च हुने उनको अनुमान छ । यस्तै स्टेसनरी खर्च लगायत भैपरी आउने खर्च गरी २२ लाख खर्च हुनसक्ने उपाध्यायले जानकारी दिए ।

प्रत्येक प्रतिनिधिबाट एकहजार रुपयाँ उठाउने निर्णय गरिसकेको छ । प्रतिनिधिबाट १३ लाख उठ्ने छ । बाँकी लेबिबाट उठाउने र अपुग पार्टी कोषबाट व्यहोर्ने उपाध्यायले बताए ।

  • ११ माघ २०८०, बिहीबार १५:३९ प्रकाशित