आज पाउण्डको भाउ बढ्यो, डलर र युरोको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार बुधबार आज डलर एकको खरिददर १३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १३३ रुपैयाँ ३० पैसा रहेको छ ।

आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ १४ पैसा बिक्रीदर १६९ रुपैयाँ ९० पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४१ पैसा थियो। युरो एकको खरिददर १४४ रुपैयाँ ६० र बिक्रीदर १४५ रुपैयाँ २६ पैसा छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ०० पैसा र बिक्रीदर ९ रुपैयाँ ०४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८ रुपैयाँ ६२ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०५ पैसा र बिक्रीदर २८ रुपैयाँ १७ पैसा रहेको छ ।

  • ११ माघ २०८०, बिहीबार १०:५० प्रकाशित