पोखरा ।
कास्कीमा सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका-१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ जाँदै गरेको ग ३ च २६०३ नम्बरको दुध बोक्ने बोलेरो दुर्घटना हुँदा सवारी चालक ४९ वर्षीय कृष्ण बहादुर थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा पोखरा नगरपालिका-१८ बस्ने ६९ वर्षीया हिमकला थापा र सोही ठाउँमा बस्ने ७० वर्षीया चन्द्रकला थापा रहेका छन् ।हिमकलाको टाउँकोमा चोट लागेको छ भने चन्द्रकलाको ढाडमा चोट लागेको छ ।
घाइते भएका उनीहरूको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।