आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार बुधबार आज डलर एकको खरिददर १३२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३५ पैसा रहेको छ ।

आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४१ पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ २१ र बिक्रीदर १४४ रुपैयाँ ८६ पैसा छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९ रुपैयाँ ०१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५ रुपैयाँ ५६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०८ पैसा र बिक्रीदर २८ रुपैयाँ २१ पैसा रहेको छ ।

  • १० माघ २०८०, बुधबार १०:०१ प्रकाशित