पोखरा ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश सबैको साझा रहेको भन्दै समानुपातिक र समावेशीताको मान्यताबाट पार्टी पछाडि फर्कन नसक्ने बताएका छन् ।
नेपाली कांग्रेस कास्कीको सम्मेलनलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यो देश सबैको हो । यो दलित, जनजाति, क्षेत्री–बाहुन सबैको देश हो ।’ उनले भने, ‘त्यस कारण यसमा सबैको सहभागिता हुनुपर्छ।’
एउटा महिला पालिका अध्यक्ष वा उपाध्यक्ष, मेयर उपमेयर एउटा हनुपपर्ने संबैधानिक व्यवस्था गर्ने देश संसारमा अरु देश नरहेको उनले उल्लेख गरे । समानुपातिक सहभागिता राम्रो रहेको उनले व्याख्या गरे ।
सभापति देउवाले वर्तमान निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउन सक्ने अवस्था नगरहेकाले निर्वाचनमा गठबन्धन गर्नुपरेको प्रष्टिकरण दिए ।
पार्टीलाई सरकारमा पनि लैजानुपर्ने अनि गठबन्धन गर्दा प्रश्नपनि उठाउने शैली प्रति सभापति देउवा असन्तुष्ट देखिए । उनले विरोध गर्नभन्दापनि पार्टी नेता कार्यकर्तालाई जनतामा जान र कांग्रेस बलियो बनाउन सुझाव दिए ।