कांग्रेस पूर्वमहामन्त्री कोइरालाले भने, ‘मलाई धर्म निरपेक्ष मन परेको छैन’

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइरालाले धर्म निरपेक्ष राष्ट्र हुन नहुने बताएका छन् । नेपाली कांग्रेस कास्कीको सम्मेलनलाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन् । उनले धर्म नै धर्म भएको देशमा कसरी धर्म निरपेक्षता हुन सक्छ भन्दै प्रश्न समेत गरे ।

उनले धर्म निरपेक्षता हटाएर नेपाललाई धर्म स्वतन्त्र राष्ट्र बनाइनुपर्ने उनको कथन थियो । आफूलाई धर्म निरपेक्षता मन नपरेको प्रष्ट्याउँदै उनले धर्मकै नाममा राजनीति भने गर्न नहुने धारणा राखे । ‘मलाई धर्म निरपेक्षता मन परेको छैन । नेपाल धर्म नै धर्म भएको देश हो । बरु यसलाई धर्म स्वतन्त्र राष्ट्र घोषणा गर्न सकिन्छ ।’ उनले भने, ‘यसको अर्थ धर्मको नाममा राजनीति पनि गर्नुहुँदैन । यो गलत हुन्छ ।

पूर्वमहामन्त्री कोइरालाले समावेसिता बाट भने पछाडि फर्कन नहुने धारणा राखे । सबै जातजाति भाषाभाषीहरुको मुलुक साझा फूलबारी रहेको चर्चा गरेको उनले समावेशिताकै कारण अहिले महिलाको ३३ प्रतिशत सहभागिता भएको, जनसंख्याको आधारमा सबै जातजातिको प्रतिनिधित्व भएको उल्लेख गरे ।

  • ९ माघ २०८०, मंगलवार १९:५० प्रकाशित