राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

केन्द्रभाग मिडिया

काठमाडौँ ।

महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।

महान्यायाधिवक्ता डा.दिनमणी पोखरेलले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन् ।

महान्यायाधिवक्ता पोखरेलले मंगलबार नेपालको संविधानको धारा १५९ बमोजिम आर्थिक वर्षको प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

  • ९ माघ २०८०, मंगलवार १७:१९ प्रकाशित