भिजिट भिसामा विदेश जान लागेका ८४ जना विमानस्थलबाट फिर्ता

केन्द्रभाग मिडिया

काठमाडौँ ।

भिजिट भिसामा विदेश जान लागेका ८४ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाट फिर्ता गरेको छ । पछिल्लो २४ घण्टामा ८४ जनालाई फिर्ता पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले बताए ।

भिजिटको उद्देश्य पुरा नभएका र कागजात नपुगेका यात्रुलाई विदेश जानबाट रोक लगाइएको अध्यागमन कार्यालयका प्रमुख हमालले जानकारी दिए । उनीहरू कतार, दुबई र बहराइन जान लागेका हुन् ।

भिजिट भिसालाई दुरुपयोग गरेर विदेश पठाउने र विदेशमा यात्रु बिचल्लीमा पर्न थालेपछि अध्यागमन विभागले कडाइ गरेको छ ।

  • ९ माघ २०८०, मंगलवार १६:१४ प्रकाशित