त्रिविको उपकुलपतिका लागि कास्कीका ३ सहित देशभरबाट ४३ जनाको आवेदन(नामसहित)

केन्द्रभाग मिडिया

काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका कास्कीबाट ३ जना र अन्य जिल्लाहरुबाट ९ गरि गण्डकी प्रदेशबाट १२ जनाले आवदेन दिएका छन् । विश्वविद्यालयको उपकुलपति बन्न देशभरिबाट ४३ जनाको आवेदन परेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखाले जानकारी दिएको छ ।

गण्डकी प्रदेशबाट आवेदन दिनेहरुमा कास्की रुपागाउँपालिकाका प्रा.डा चन्द्रमणि पौडेल, पोखरा महानगरपालिका वडा नम्बर ३१ का प्रा.डा वेदनाथ शर्मा, पोखरा महानगरपालिका वडा नम्बर १० का केशरजङ्ग बराल, स्याङ्जा गल्याङ ९ का नारायण प्रसाद प्राध्यापक, गोरखा ७ का लेखनाथ शर्मा, गोरखा पालुम्टार २ का प्रा.डा प्रकाश घिमिरे, तनहुँ ३ म्यादे का प्रा.डा केदारनाथ घिमिरे, वाग्लुङ ५ का प्रा.डा महेन्द्र प्रसाद शर्मा, लमजुङ सुन्दरबजार ३ का प्रा.डा कृष्ण राज तिवारी,गोरखा छोप्राक ८ का प्रा.डा नवराज देवकोटा, बागलुङ गलकोट १ का प्रा. डा चित्र बहादुर बुढाथोकी रहेका छन् ।

त्रिविको इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्त हुन लागेको हो । यसका लागि शिक्षामन्त्री तथा त्रिविका सहकुलपति अशोक कुमार राईको अध्यक्षतामा तीन सदस्यीय उपकुलपति सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन आह्वान गर्दै २३ पुसमा सूचना जारी गरेको थियो । यसअघि पुस २० मा जारी भएको सूचनामा विरोध भएको थियो ।

विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको ब्यहोरा खुलाउनुपर्ने समेत मापदण्ड तोकिएपछि विरोध भएको थियो । त्यसपछि कुलपति प्रचण्डले उक्त प्रावधान हटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि समितिले दोस्रो पटक १५ दिने सूचना जारी गरेको थियो । जुन सूचनाको म्याद सोमबार सकिएको छ ।

आवेदन दिनेहरूमा पोखरा २०७६ सालमा नियुक्ति भएका सिंहको कार्यकाल आउँदो फागुन १८ गते सकिँदै छ ।

  • ९ माघ २०८०, मंगलवार १४:१९ प्रकाशित