कांग्रेस नेता एवं पोखरा – ३० का वडासदस्य मंगलकाजी मानन्धरको निधन

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसका नेता एवं पोखरा महानगरपालिका वडा नं। ३० का वडासदस्य मंगलकाजी मानन्धरको निधन भएको छ ।

उनको ५६ वर्षको उमेरमा सोमबार बिहान ११ बजे निधन भएको हो ।सुगर, प्रेसरका साथै मृगौला पीडित उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

स्वर्गीय मानन्धको भोलि(बुधबार) बिहान १० बजे गगनगौँडास्थित निवासबाटै शवयात्रासहित अन्त्येष्टि गरिने पोखरा–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले जानकारी दिएका छन् । स्वर्गीय मानन्धरको श्रीमती, दुई छोरा र एक छोरी छन् ।

  • ९ माघ २०८०, मंगलवार १३:५० प्रकाशित